२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा थपिए ११ हजार मतदाता

अ+ अ-

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । 

प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य गत असार महिना देखी सुरुआत गरिएकामा जिल्लामा महिला पाँच हजार ७६४ र पुरुष पाँच हजार ३७८ नयाँ मतदाता थपिएका हुन् ।

बाहिरी जिल्लाको समेत गरी महिला सात हजार ३९३ र पुरुष सात हजार ६०९ गरी १५ हजार दुई जनाले सो अवधिमा कार्यालयमा नाम दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार बाहिरी जिल्लाका महिला एक हजार ६२९ र पुरुष दुई हजार २३१ गरी तीन हजार ८६० जनाको नाम दर्ता भएको छ ।

कार्यालयले बाहिरी जिल्लाको नाम दर्ता भएकाहरूको हकमा सम्बन्धित जिल्लामा नै पठाउने छ  । यसैगरी अन्य जिल्लामा दर्ता भएकाहरूको कास्की जिल्लाका मतदाताको नाम आयोगले यहाँ पठाउने उनले जानकारी दिए । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा दुई लाख ८१ हजार ८३३ मतदाता रहेका थिए । सरकारले स्थानीय तहको निर्वाचन पछि असारदेखि नयाँ मतदाता नामावलीमा नाम दर्ताको व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालयले अनलाइनमार्फत समेत मतदाता नामावली दर्ता सुरु गरेको थियो । 

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रम अघि बढाएका छन् । दलहरूले आन्तरिक भेला, प्रशिक्षण तथा सङ्गठन विस्तारका कार्यक्रम गाउँ गाउँसम्म सञ्चालन गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस