२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली क्रिकेट टोली भदौ ६ गते केन्या जाने, प्रमुख प्रशिक्षक प्रभाकर भोलि नेपाल आउँदै

अ+ अ-

काठमाडौँ । केन्यासँगको क्रिकेट सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भदौ ६ गते केन्या प्रस्थान गर्ने भएको छ । घरेलु टोली केन्यासँगको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि नेपाली टोली २२ अगस्टमा केन्याको नैरोबी जाने भएको हो ।

नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले केन्याका लागि चार वैकल्पिकसहित २० खेलाडी त्यसतर्फ जाने जानकारी दिए। 

नेपालले केन्यासँग पाँच खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज केन्याको राजधानी नैरोबीमा खेल्नेछ ।  

नेपालले सुरुआतमा पाँच खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । पहिलो टी-ट्वान्टी भदौ ८ गते हुनेछ। दोस्रो ९, तेस्रो ११ र चौथो १२ गते हुने तालिका छ।

यस्तै अन्तिम टी-ट्वान्टी भदौ १३ गते हुनेछ। लगत्तै नेपालले ३ खेलको एकदिवसीय सिरिज पनि खेल्नेछ। पहिलो एकदिवसीय भदौ १७ गते, दोस्रो १८ र अन्तिम एकदिवसीय २० गते हुनेछ ।

केन्या भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। टोलीमा कप्तान लामिछानेसहित उपकप्तान रोहित पौडेल, विकेट किपर आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, देव खनाल, आदिल आलम र करण केसी छन्।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेको टिममा सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद , पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव पनि छन्।  यस्तै जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह चार जनालाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

नियमित टिममा पर्दै आएका विकेट किपर विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल अटाएका छैनन् । युवा विकेट किपर अर्जुनले भने  पहिलो पटक टोलीमा परेर केन्यासँग डेब्यु गर्दैछन्।

यस्तै नेपाली टोली भर्खरै मात्र क्यानले नियुक्त गरेको मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा निस्कनेछ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार राष्ट्रिय क्रिकेट टिमका  मुख्य प्रशिक्षक मनोज प्रभाकर १२ अगस्ट अर्थात् साउन २७ मा नेपाल आइपुग्ने छन्। 

प्रतिक्रिया दिनुहोस