२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी नियुक्तिमा मनपरी : आफन्तलाई जागिर, सरुवापछि पनि निर्णय

अ+ अ-

काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कर्मचारी सरुवा र नियुक्तिमा मनपरी गरेको पाइएको छ । नगरप्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले कर्मचारी नियुक्ति र सरुवामा मनपरी गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफ्नो सरुवापछि पनि नगरपालिकामा कर्मचारी सरुवाको निर्णय गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १५ गते उनलाई पाल्पा स्थित रामपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरेको छ । तर, उनले सरुवा भएपछि साउन २० गते नगरपालिकाका कर्मचारीको सरुवा गरेका छन् । पाण्डेयले आफू अनुकूल नभएका कर्मचारीलाई सरुवा गरेपछि कर्मचारीले कामकाज ठप्प पारेका छन् ।

नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एकलौटी र मनोमानी ढङ्गले कार्यालयको कामकारबाही अगाडी बढाएको भन्दै नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन सहितका जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरूले विरोध जनाएका छन् । करार तथा ज्यालादारी कर्मचारीको नवीकरण नगरिदिने, मन नपरेका कर्मचारीको दरबन्दी नै नभएका स्थानमा सरुवा गरिदिने लगायतका आरोप उनीहरूमाथि छ । नगरपालिकाले पुराना सेवा करारका ११ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफन्तलाई नियुक्ति दिएको पाइएको छ ।

नगरप्रमुख मुसलमानले नगरपालिकाको वडा नम्बर–३ को अहेवमा आफ्ना छोरा जमिल अहमद खाँन र वडा नम्बर ६ को सब–इन्जिनियरमा ज्वाइँ जाबेद आलम खानलाई करारमा नियुक्त गरेका छन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले आफ्ना साला विभास त्रिपाठीलाई कम्प्युटर अपरेटर (प्राविधिक सहायक पाँचौँ तह) मा नियुक्ति दिलाएका छन् ।

‘कर्मचारी नियुक्ति कानुन र नियमसंगत हुनुपर्‍यो  । दक्ष कर्मचारी आउनुपर्‍यो  भन्ने हाम्रो माग हो ।’ उपप्रमुख हरिजनले भनिन्, ‘अहिले अयोग्य कर्मचारीका कारण नगरको काम कारबाहीमा समस्या भएको छ । कम्प्युटर अपरेटर भनेर नियुक्त गरिएको मान्छेले कम्प्युटरमा काम गर्नै मान्दैनन् ।’

प्रतिक्रिया दिनुहोस