२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्घीय निजामती र अन्य सरकारी सेवाका १० प्रतिशत कर्मचारी कटौती हुँदै

अ+ अ-

काठमाडौँ । सरकारले १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालयलाई परिपत्र गर्दै दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती गर्ने गरी आवश्यक खाका १५ दिन भित्र मन्त्रालयमा पठाउन भनेसँगै हालको दरबन्दीमा कम्तीमा पनि १० प्रतिशत कटौती हुनेछ । 

‘आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यअनुसार नै दरबन्दी कटौती गरिन लागेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यको बुँदा नं. ३६६ ले सङ्घीयता कार्यान्वयनको पाँच वर्षको अभ्यासको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको प्रशासनिक पुनर्संरचना गर्न एक उच्चस्तरीय आयोग गठन गरिने छ र सोही वक्तव्यको बुँदा नं. ३७९ मा सरकारी निकायका सङ्गठन संरचना र दरबन्दीको पुनरावलोकन गरिने छ’ मन्त्रालयले बजेट वक्तव्यको बुँदा उल्लेख गर्दै भनेको छ, ‘सङ्घीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिनेछ । निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप गरिने छैन भन्ने उल्लेख छ । ‘

बजेटमा व्यवस्था भए बमोजिमको कार्य सम्पादनका लागि प्रशासनिक पुनर्संरचना उच्चस्तरीय आयोग गठन गरी कार्य प्रक्रिया अगाडी बढ्ने क्रममा रहेको जनाउँदै मन्त्रालयले भनेको छ ‘मन्त्रालय तथा अन्तर्गतका दरबन्दी संरचनामा कम्तीमा १० प्रतिशत कटौती  गर्ने गरी आवश्यक खाका तयार गरी १५ दिन भित्र यस मन्त्रालय पेश गर्नुहुन यस मन्त्रालयको २०७९ साउन २२ गतेको निर्णयअनुसार अनुरोध छ ।’ 

पछिल्लो समय सरकारी संरचना काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर जस्तै बन्दै गएको छ । सङ्घीयताको मर्म अनुसार स्थानीयमा सबैभन्दा धेरै, प्रदेश ठिकै र सङ्घ चुस्त हुनुपर्नेमा आफ्ना तथा आफन्त व्यवस्थापन गर्ने नाममा सङ्घ भद्दा, प्रदेश जागिर केन्द्र र स्थानीय कर्मचारीविहीन अवस्थामा पुगेको छ । 

नीति निर्माण गर्दा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर भन्दा आफू र आफ्नालाई केन्द्रित गरेर बनाउँदा राजनीतिक र प्रशासनिक दुवै संरचना उँट जस्तै बनेको छ । जुन कुरूप मात्रै छैन, बेकामे र झन् थेत्तरो बन्न पुगेको छ । जसलाई स्वरूपमा ल्याउन उच्च इच्छाशक्ति र मनोबलसहित इमानदार राजनीतिज्ञ र आफ्नै खुट्टामा उभिन सक्ने प्रशासनिक नेतृत्वको खाँचो छ । 

प्रतिक्रिया दिनुहोस