२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका विमानस्थल क्षेत्रमा धूम्रपान निषेध, कर्मचारीलाई तालिम दिन निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । 

भरतपुर विमानस्थलमा ई-सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो ।

प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरूलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै पनि प्रकारका वस्तु (ई–सिगरेट) समेतको प्रयोग गरी धूम्रपान गर्न पूर्ण निषेध लगाएको जानकारी गराएको हो । 

यस्ता गतिविधिको अब विमानस्थल प्रशासनले नियमित अनुगमन गर्नुपर्नेछ । विमानस्थल क्षेत्र भित्र खटिने सरोकारवाला र सर्वसाधारणलाई चेतानामुलक प्रचार–प्रसार सामग्री प्रदर्शनको व्यवस्था गर्न प्राधिकरणले सबै कार्यालयलाई सूचित गरेको छ ।

यसअघि २९ असारमा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज भित्रै एक जना यात्रुले चुरोट सल्काएपछि पक्राउ परेका थिए । विमान भित्र प्रज्वलनशील पदार्थको निषेध यसअघि पनि थियो । प्राधिकरणले अब विमानस्थल क्षेत्र मै सुर्ती तथा चुरोट सेवन निषेध गरेको हो ।

यस्तै प्राधिकरणले विमानस्थल क्षेत्र भित्र धूम्रपान निषेध गरिएको सम्बन्धमा आफ्ना सबै कर्मचारीलाई अनिवार्य तालिम दिन समेत भनेको छ । सबै कम्पनीहरूलाई प्राधिकरणले धूम्रपान निषेध भएको पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

प्राधिकरणले हवाई सुरक्षा र खतराजन्य वस्तुको प्रयोग गर्न नहुने सम्बन्धी तालीम दिन र त्यसमा ई–सिगरेट समेत समावेश गर्न निर्देशन दिएको हो । यस्तो प्रावधान हेलिकप्टर र ठूला सबै वायुसेवा कम्पनीले मान्नु पर्नेछ ।

ककपिटमा चालकदलका सदस्यबाहेक अरूलाई प्रवेश गराए कारबाही गरिने समेत प्राधिकरणले जनाएको छ । 

यसअघि प्राधिकरणले वायुयान चालक कक्षमा अनाधिकृत व्यक्तिको प्रवेश समेत निषेध भएको भन्दै त्यसो नगर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

नागरिक उड्डयन सुरक्षा नियमावलीले वायुयान चालक कक्ष भित्र अनधिकृत व्यक्तिलाई प्रवेश गराउन नहुने व्यवस्था गरेको भन्दै यसलाई कडाइका साथ पालना गर्न समेत वायुसेवा कम्पनीहरूलाई सचेत गराएको थियो । प्राधिकरणको हवाई सुरक्षा विभागले यस्ता विकृतिविरुद्ध अनुगमन समेत गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस