२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शैक्षिक हब’ बन्न वीरेन्द्रनगर नगरपालिकाले बनायो १० वर्षे यस्तो रणनीति !

अ+ अ-

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका बैठकले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हव’ अभियानमा अग्रसर हुने निर्णय गरेसँगै यसका लागि १० वर्षे रणनीति तयार पारिएको छ । 

नगरप्रमुख मोहनमाया ढकालका अनुसार अबको १० वर्षभित्र प्रदेश राजधानीभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीले महसुस गर्ने गरी शैक्षिक सुधार गरिनेछ । त्यसका लागि शैक्षिक क्षेत्रमा लगानी बढाउने र गुणस्तरलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

रणनीति अनुसार ०८८ सालसम्म प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर शत प्रतिशत पुर्‍याउने, आधारभूत तहमा विद्यार्थी टिकाउ दर ८५ प्रतिशत पुर्‍याउने, विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाको संख्या शून्यमा झार्ने र साक्षरता दर वृद्धि गरिने नगर प्रमुख ढकालले जानकारी दिइन् ।

शिक्षा क्षेत्रको बजेट पनि प्रत्येक वर्ष बढाउँदै कुल बजेटको २० प्रतिशत पुर्‍याइने उनले बताइन् । अहिले नगरले कुल बजेटको झण्डै १०-१२ प्रतिशतको हाराहारीमा मात्रै शिक्षामा बजेट विनियोजन गरेको छ ।

ढकालले आवश्यकताका आधारमा पाठ्यसामग्री र पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूर शिक्षा तथा खुल्ला सिकाई, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई १० वर्षे शिक्षा मोडेलले जोडेको बताइन् ।

नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत उत्तमप्रसाद आचार्यले यो १० वर्षे रणनीति आधारहरू चार महिना लगाएर तयार पारिएको बताए । उनले शिक्षा मन्त्रालयकै खाकामा रही विभिन्न १५ वटा विषयमा गहन रूपमा छलफल गरेर त्यही आधारमा यो रणनीतिको ड्राफ्ट तयार पारिएको बताए ।

यस्ता छन् शिक्षा मोडेलका विशेषता !

– नगरपालिकाले प्रारम्भिक वाल विकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गरी यसलाई सबै बालबालिकाका लागि अनिवार्य गरिने, नक्साङ्कनका आधारमा नगरपालिका क्षेत्रभित्र विद्यालयको स्थापना, समायोजन तथा पुनर्वितरण गरी सबै बालबालिकाको पहुँच र सहभागिताको सुनिश्चितता गरिने ।

-अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको प्रत्याभूति गर्न नगरपालिकाका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने तथा भर्ना भएका सबैलाई अध्ययनमा निरन्तरता दिने ।

-गुणस्तर अभिवृद्धिका लागि उत्प्रेरणामूलक उपाय अवलम्बन गरिने ।

-भौतिक, आर्थिक, शैक्षिक तथा जनशक्ति व्यवस्थापन र विकासमा प्रदेश सरकारसँग समन्वय गरिने र, आधारभूत शिक्षाको गुणस्तर प्रवर्द्धन गरिने ।

-निःशुल्क माध्यमिक शिक्षामा सहज पहुँच र समावेशी सहभागिता सुनिश्चित गर्न संघ र कर्णाली प्रदेश सरकारसँगको समन्वयात्मक कार्य ढाँचामा माध्यमिक विद्यालयहरूको क्षमता सुधार गरिने, अपनत्वको सिर्जना, नेतृत्वको सबलीकरण, शिक्षण सिकाइ प्रक्रियामा सुधार, पेसागत नैतिकताको प्रवर्द्धन र लगानी अभिवृद्धिद्वारा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरिने ।

– प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई समेट्न विशेष सहुलियत दिने, नीति अख्तियार गरिने, अपाङ्गता भएका बालबालिकाहरूको आवश्यकता, समन्यायिकता र समावेशीकरणको सिद्धान्तको आधारमा विशेष शिक्षा र समावेशी शिक्षाका माध्यमबाट उपयुक्त शैक्षिक अवसरहरू उपलब्ध गराइने ।

-बालबालिकाको पोषणको अवस्था तथा स्वास्थ्यमा सहयोग पुग्ने गरी दिवाखाजाको प्रबन्धका साथै स्थानीय स्वास्थ्य तथा अन्य सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरी सरसफाइ तथा स्वच्छता, आधारभूत स्वास्थ्य र पोषण सेवा तथा शिक्षा विद्यालयमार्फत प्रदान गरिने ।

– नगर क्षेत्रभित्र बसोबास गर्ने गरिब, सुविधा विहीन, कठिन परिस्थितिमा रहेका र अपाङ्गता भएका बालबालिकाहरूलाई विद्यालयमा भर्ना कार्यक्रमलाई निरन्तरता दिने र सिकाइमा सहभागी गराई उपलब्धि सुधारमा सहयोग गर्न आवश्यक पर्ने सहयोग प्रणाली लागु गरिने ।

-साक्षरता, निरन्तर शिक्षा र जीवनपर्यन्त सिकाइको अवसरलाई पेसा एवं  व्यवसाय, सामाजिक जीवन र सहभागितासँग आबद्ध गर्नुका साथै सामुदायिक सिकाई केन्द्रहरूको कार्यक्षमतामा सबलीकरण गरिने ।

प्रतिक्रिया दिनुहोस