२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तकोसीको बाढी सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्क रहन आग्रह (बाढी पूर्वानुमान बुलेटिनसहित)

अ+ अ-

काठमाडौँ । सप्तकोसी र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सजग हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

देशभरको बाढीको अवस्थाबारे जानकारी दिन विभागले जारी गरेको बुलेटिनमा आज र भोलि सप्तकोसी तथा यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास हुने उल्लेख छ ।

‘आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरूको जलसतह सामान्य घटबढ हुने तर सतर्कता तह आसपास नै हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाऔँ,’ जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनमा लेखिएको छ ।

यही साउन १७ गते सप्तकोसीको भँगालो बस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका करिब २० हजार नागरिक प्रभावित भएका थिए ।

आज सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ कञ्चनपुर र यी जिल्ला आसपासका भई बग्ने नदीहरूमा बाढीको मध्यम जोखिमको अवस्था रहने पूर्वानुमान छ ।

आगामी तीन दिनसम्म भने प्रमुख नदीहरू नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको जलसतह बढ्ने पूर्वानुमान छ । यद्यपि यी नदीहरूको जल सतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान विभागले गरेको छ ।

आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति भने लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तो छ ३ दिनसम्मको बाढी पूर्वानुमान !

प्रतिक्रिया दिनुहोस