२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

अ+ अ-

काठमाडौँ । भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो ।

कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए । मतदान स्थल परिवर्तन भएका मतदान स्थलमा भक्तपुर नगरपालिकाका तीन, मध्यपुरथिमि नगरपालिकाका तीन र चाँगुनारायण नगरपालिकाका दुई छन् । 

कार्यदलले भक्तपुर नगरपालिका-२ को जागृति माध्यमिक विद्यालय खौमाको मतदान स्थललाई जन ज्योति पुस्तकालयको नयाँ भवन नःपुखुः, वडा नम्बर ७ को महेश्वरी सत्तल इनाचो मतदान स्थललाई पँम्बो गणेश (खँचा पोखरीसँगै) र वडा नम्बर ९ को नगरपालिका नयाँ भवन मतदान स्थललाई बागेश्वरी माध्यमिक विद्यालय च्याम्हसिंहमा सार्ने निर्णय गरेको बिसीले बताए ।

त्यस्तै मध्यपुरथिमि नगरपालिका-१ को उपस्वास्थ्य चौकी मतदान स्थललाई युनिक नेपाल स्कुल, वडा नम्बर ४ दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय र वडा नम्बर ५ को नासननी पाटी मतदान स्थललाई सिद्धिकाली मन्दिर परिसरमा सारिएको छ । चाँगुनारायण नगरपालिका–१ सरस्वती मन्दिर पाटी सरस्वतीखेलको मतदान स्थल श्री विनायक सरस्वती आधारभूत विद्यालय र वडा नम्बर ३ को पुरानो गाविस भवन झौखेल मतदान स्थल सहरी स्वास्थ्य केन्द्रमा कायम गरिएको छ ।

भक्तपुरमा मतदान स्थलको संख्या घटेको छ । यसअघि ७७ मतदान स्थल भएकामा अब ७६ मतदान स्थल कायम गरिएको बिसीले बताए । मध्यपुरथिमि-४ को दथुटोल परिवार नियोजन क्लिनिक मतदान स्थललाई आदर्श माध्यमिक विद्यालय मतदान स्थलमा गाभिएको छ । भक्तपुरमा २१९  मतदान केन्द्र रहेका छन् । कार्यदलले भक्तपुरका ३३ मतदान स्थलको नाम र ठेगानामा भएको त्रुटि सच्याएर नयाँ कायम गरेको छ । त्रुटि सच्याएका मतदान स्थलमा भक्तपुर नगरपालिकाको एक, चाँगुनारायण नगरपालिकाका ६, सूर्य विनायक नगरपालिकाका २२ र मध्यपुरथिमि नगरपालिकाका चार  छन् । 

प्रतिक्रिया दिनुहोस