१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यामप्रसाद भुसालसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधवार अख्तियारले तत्कालीन प्रदेश सचिव भुसाल, सिनियर डिभिजन इन्जिनियर भगवान् झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको हो । 

त्यस्तै ओम सत्य साई प्रा.लि. वीरगन्जकी म्यानेजिङ डिरेक्टर रेणु अग्रवाल, बोलपत्र मूल्याङ्कन समितिका अध्यक्ष दिलीपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णविरुद्ध पनि विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव भुसालले सम्झौता विपरीतका ब्रान्ड नखुलेका कमसल तथा गुणस्तरहीन लेडिज साइकलको आपूर्ति स्वीकार गरी भुक्तानीसमेत गरेर प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको दाबी अख्तियारले गरेको छ ।

अख्तियारले प्रदेश सचिव भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनियर भगवान् झा, सह लेखापाल राजाराम मण्डल र साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्य साई प्रा.लि.की म्यानेजिङ डिरेक्टर रेणु अग्रवालसँग १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

मधेस प्रदेश सरकारले छात्रा शिक्षा प्रवर्द्धन गर्ने गरी बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै सञ्चालन गरेको थियो । तर गत वर्ष महालेखा परीक्षकको कार्यालयले यो कार्यक्रममा अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरेपछि गत वर्ष नै अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस