१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिरासतकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित 

अ+ अ-

काठमाडौँ । मध्य रातमा थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रवीण चौलागाईँ निलम्बित भएका छन् । 

मुद्दा शाखामा कार्यरत चौलागाईं विरुद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन्। 

बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेका अनुसार प्रहरी आचरण विपरीतका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बताए। 

‘मुद्दा दर्ता हुनासाथ चौलागाईँ निलम्बित भइसकेका हुन,’ न्यौंपानेले भने, ‘अदालतबाट सफाइ पाए मात्रै जागिरमा फर्किने सम्भावना रहन्छ नत्र जागिर जान्छ।’

शुक्रबार बिहान २ बजे बहुविवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी एक महिलालाई असई चौलागाईँले मध्यरातमा निकालेर आफ्नो कोठामा पुर्‍याएका थिए। त्यो थाहा पाएपछि प्रहरी थुनामा रहेका व्यक्तिले होहल्ला गर्दै विरोध जनाएका थिए। 

शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईँ विरुद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन्। 

असई चौलागाईँले सोधपुछको बहानामा मध्यरात आफ्नो कोठामा पुर्‍याई आफूलाई यौन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ। 

प्रहरीले सोमबार आरोपित चौलागाईँलाई अदालतमा उपस्थित गराउँदै छ। यसअघि जिल्ला अदालत बाँकेले चौलागाईँलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको हुँदा फेरि म्याद थपका लागि अदालतमा लैजान थालेको हो।

प्रतिक्रिया दिनुहोस