काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
नवनियुक्त राजदूत श्रीवास्तवले बोहोराटारस्थित निवासमै पुगेर पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।
सो क्रममा वरिष्ठ नेता पौडेलले राजदूत श्रीवास्तवलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।