काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चक्रवर्ती कलेजमा विद्यार्थी सङ्गठनले आन्दोलन गरेपछि अनिश्चितकालका लागि बन्द भएको छ ।
पाँच वर्षे एलएलबी र एलएमएमको शुल्क वृद्धि भएको भन्दै काँग्रेस,एमाले माओवादी निकट विद्यार्थी सङ्गठन विरोध गर्दै आन्दोलन गरेका छन् ।
कलेज प्रशासनले शुल्क घटाउनेभन्दा विद्यार्थीहरूमाथि दमन गरेपछि आन्दोलनमा उत्रिनु परेको अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन एमसीले बताए ।
कलेजले एलएलसीको ७ लाख १६ हजार ४ सयबाट बढाएर १० लाख ७० हजार पुर्याएको छ ।
यस्तै एलएलएमको ३ लाख २३ हजार २ सयबाट ५ लाख ४८ हजार पुर्याएको छ ।
शुल्क वृद्धिको विषयमा दबाब दिँदा उल्टै धरपकट गर्न थालेपछि आन्दोलन गर्न बाध्य भएको एमसीले बताए ।
कलेज प्रशासनले शुल्क वृद्धि फिर्ता नलिँदासम्म आन्दोलन नरोकिने विद्यार्थी सङ्गठनले जनाएका छन् ।