२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश सभा : माग सम्बोधन गर्न मुख्यमन्त्री राजी भएपछि माओवादीले आज संसद् चल्न दिने

अ+ अ-

काठमाडौँ । गत मंगलबारदेखि अवरुद्ध कर्णाली प्रदेश सभाको बैठक आज सोमबार सञ्चालन हुने भएको छ। सत्तारुढ दलभित्र (काँग्रेस-माओवादी) भित्र देखिएको समस्या समाधान भएसँगै आज संसद् चल्ने भएको हो ।

नेकपा माओवादी केन्द्रले गत मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यशैली गठबन्धनको स्प्रिट विपरीत भएको भन्दै संसद् अवरुद्ध गरेको थियो । 

आइतबार बसेको गठबन्धनका नेताहरूबीचको छलफलमा माओवादीले उठाएका विषय सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाही राजी भएसँगै समस्या समाधान भएको हो ।

नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री विमला केसीका अनुसार माओवादी केन्द्रको भागमा परेको अर्थ तथा प्राकृतिक स्रोत समितिको नेतृत्व घोषणा गर्ने, सहिद स्मृति भत्ता, घाइते अपाङ्गताका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरेको योजना छानबिन गरेर कार्यान्वयन गर्ने, शान्ति पुनर्स्थापना, सिंजा सभ्यता संरक्षण, पर्वतीय विश्वविद्यालय, आमसञ्चार विधेयक लगायतका महत्त्वपूर्ण विधेयकको कुरामा नमिलेका मिलाएर लाने र मिलेर आएका पारित गर्ने सहमति भएको  छ। 

आइतबार अबेरसम्म बसेको गठबन्धनको बैठकमा काँग्रेसका तर्फबाट मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादीका तर्फबाट पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाही, पूर्व मन्त्री एवं प्रदेश अध्यक्ष विमला केसी, एकीकृत समाजवादीको तर्फबाट संसदीय दलका नेता एवं कृषि मन्त्री चन्द्रबहादुर शाही, एस प्रदेश अध्यक्ष अम्मर बहादुर थापा सहभागी थिए ।  

अहिले केही बेरमा माओवादी संसदीय दलको बैठक बस्ने बताइएको छ । गठबन्धनभित्रको समस्या समाधान भएसँगै आज दिउँसो तीन बजेका लागि संसद् बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस