काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट देशको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले आगामी सङ्घ र प्रदेशको निर्वाचनबाट माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।
प्रचण्डले भने, ‘यो देशमा माओवादी पुनः स्थापित भएन भने, माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । आउने निर्वाचनमा अब माओवादी पार्टीलाई देशको बागडोर फेरि एक पटक आफ्नो हातमा लिन कसैले रोक्ने छैन ’
प्रचण्डले नेकपा माओवादी पार्टीकै जोडबलमासंघीय संसदबाट नागरिकतासम्बन्धी विधेयक पारित हुन लागेको बताए ।