२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशको पूर्वपश्चिम लोकमार्गमा सिसीटिभी

अ+ अ-

सर्लाही । पूर्वपश्चिम लोकमार्गका साथै बिपी लोकमार्गमा सिसीटिभीबाट निगरानी गर्न थालिएको छ ।

पथलैयास्थित मधेस प्रदेश ट्राफिक कार्यालयले सडकमा गुड्ने सवारी साधनलाई सिसीटिभीमार्फत निगरानी गर्न थालिएको हो ।

पूर्व–पश्चिम र लोकमार्गमा गुड्ने सवारी साधनको तीव्रतामा निगरानी गर्न सिसीटिभी प्रयोगमा ल्याइएको उक्त कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

उनका अनुसार सडकमा तीव्र गतिमा गुडेको सवारी साधनलाई निगरानी गर्न समस्या देखिएपछि सिसीटिभीको फुटेज प्रयोग गरी कारबाही सुरु गरिएको हो ।

मधेस प्रदेशको पाँच स्थानमा सिसीटिभी जडान गरिएको र सवारी साधनको गति सोहीअनुसार मापन गरिएको प्रहरी उपरीक्षक गुरुङले बताए ।

सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत उक्त कार्यालय जिल्ला ट्राफिक प्रहरी कार्यालयको बारा, महोत्तरी, सिरहा र सप्तरीमा गरी पाँच स्थानमा सिसीटिभी विथ रडारगनसमेत जडान गरिएको छ ।

सिसी टिभीको जडानले दुर्घटना गरेर भाग्ने सवारी साधनको पहिचान खुल्न सजिलो हुनाका साथै तीव्र गतिमा सञ्चालित सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन सहज भएको सप्तरी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलजङ्ग थापाले बताए ।

प्रायः जङ्गल क्षेत्रमा पर्ने हाइवे सडकखण्डमा सवारी साधनले दुर्घटना गरी भाग्नेलाई कारबाही गर्न र कुनै समस्यामा पर्नेलाई सिसीटिभीमार्फत निगरानी गर्न सजिलो भएको बारा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिए ।

चालु आर्थिक वर्षको फागुनदेखि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद–३ को नियम १८ उपनियम ५ मा व्यवस्था भएभन्दा बढी गतिका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही सुरु गरिएको र सिसीटिभीको फुटेजमार्फत त्यस्ता सवारी साधनलाई कारबाही गर्न झन् सहज भएको सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टुकेन्द्र श्रष्ठले बताए ।

राडारगन र सिसीटिभीको माध्यमले बढी गतिका सञ्चालित यात्रुवाहक सवारी साधन, मोटरसाइकल र मालवाहक सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले उल्लेख गरे ।

उनका अनुसार तीव्र गतिले सडकमा गुडेको सवारी साधनलाई सिसीटिभी फुटेजमार्फत कारबाही गर्न सहज हुनाका साथै राजस्व पनि वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस