२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि काठमाडौँको फोहोर वर्गीकरण गरेर मात्र उठ्ने, फोहोर छुट्याएर नराख्नेलाई जरिवाना 

अ+ अ-

काठमाडौँ । आजबाट काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग सङ्कलन गर्ने भएको छ।

महानगरले स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आज साउन १ गतेबाट अलग अलग फोहोर सङ्कलन गर्न लागेको हो।

काठमाडौँको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासिन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्न महानगरले पहल थालेको हो।

महानगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।

तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ। यसका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका थिए।

शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोलीनै घर दैलो कार्यक्रममा निस्किएको थियो

महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो।

पटक-पटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ। 

काठमाडौँ वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरक-फरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ।

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ ९थ० तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ ९थ० अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।

महानगरले फोहोर छुट्याउनको लागि कुहिने र नकुहिने फोहोरको भाँडो नै छुट्टाछुट्टै राख्न भनेको छ। 

सम्भव भएमा कुहिने फोहोरलाई घरमै कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसा बारीमा वा कौसी खेतीमा प्रयोग गर्ने बानी बसाल्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस