५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण

अ+ अ-

काठमाडौँ । बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।

प्रायःजसो वर्षायाममा देखिने उक्त किरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको किरा देखिएको महाशाखाको किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।

काठमाडौँको सिभिल अस्पतालमा उक्त किराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । उनका अनुसार गत वर्ष पनि उक्त किराको सङ्क्रमणका कारण तीन÷चार बिरामी भेटिएका थिए । ‘अहिले पनि नाइरोबी फ्लाई किरा देखिन थालेको छ । किरा बाहिरी मुलुकबाट नआइ यही उत्पादन हुने गर्दछ’, दाहालले भने, ‘किराले लामखुट्टे जस्तो सङ्क्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठूलोरुपमा यो किराले सङ्क्रमण ल्याउँदैन ।’

मानिसको शरीरमा आएर बस्ने र मानिसले किरालाई हातले फाल्दा किरामा थिचिन गई रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँदछ । उनी किरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने बताउँछन् । ‘किरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने सङ्क्रमण हुँदैन’, दाहालले भने, ‘किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा किराबाट एसिड निस्कन्छ । जुन एसिड शरीरलाई हानि गर्दछ ।’

एसिड छालामा लागेपछि २४ घण्टा भित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको किटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिए । ‘लक्षण देखिएपछि धेरै मानिस आफैँ सञ्चो भएर जान्छन्’, उनले भने, ‘सञ्चो नभएका नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।’

प्रायःजसो सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ । किराबाट हुने सङ्क्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको उनी बताउँछन् । किराको सङ्क्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र किरा विज्ञसँग छलफल गर्ने तयारी भइरहेको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस