२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछामका विनोद शाही मृत्यु प्रकरण : पुर्पक्षका लागि ४ जना कारागार चलान 

अ+ अ-

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा चार जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

श्रेस्तदार पौडेलका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको छ भने अन्य फरार रहेकाहरूको खोजी गरेर पेस गर्न प्रहरीलाई आदेश गरिएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि काँग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको थिए ।

२१ जेठमा घर नजिकैको जङ्गलमा मृत भेटिएका शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चिलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो तर जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चिलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरू प्रहरी कार्यालयबाटै छुटिसकेका छन् ।

पीडितका परिवारले किटानी जाहेरी दिएका मेयर चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको मुद्दा नचलाउने निर्णय गरेको हो । तर सरकारी वकिल कौशल ढुङ्गानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए ।

हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस