२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश मन्त्रीको छड्के जाँच

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के जाँच गरेका छन् ।

उनले आज बिहान १०ः३० बजे कार्यालय समयमा छड्के जाँच गरेका हुन् । त्यतिबेला भने सेवाग्राहीको बाक्लै उपस्थिति थियो । जाँचका क्रममा दुई कर्मचारी आफू खुसी बिदामा बसेको, केही फाँटमा कर्मचारी नभएको र कर्मचारीले सरकारी पोसाक तथा परिचय पत्र नलगाएर आएको पाइएको मन्त्री रोकायाले जानकारी दिए ।

यातायातमा पुगेका मन्त्रीले लाइनमा बसेका सेवाग्राहीसँग परिचय नदिईकनै सेवाको गुणस्तर र भोग्नु परेका समस्याबारे जानकारी लिए ।

सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा बुझेपश्चात् उहाँ कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरे ।

मन्त्री रोकायाले सेवाग्राहीको समस्याबारे जनाउँदै जनभावना बुझेर सेवा दिन कार्यालय प्रमुखसहित कर्मचारीलाई निर्देशन दिए । सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको जनाउँदै उनले सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्राहीको चाप अत्यधिक हुने गरेको तर आफूहरुले सकेसम्म छिटोछरितो ढङ्गको सेवा दिने प्रयास गरेको बताए ।

कार्यालयभित्र दलालहरुलाई प्रवेशमा रोक लगाइएको प्रमुख चपाईले मन्त्री रोकायालाई जानकारी गराएका थिए । मन्त्री रोकायाले टीकाटिप्पणीको अन्त्य हुने गरी काम गर्न कर्मचारीलाई सुझाएका थिए ।