२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासन व्यवहारमा कार्यान्वयन गर्न सरकार अग्रसर छ : मन्त्री कार्की

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासनलाई व्यवहारमा लागू गराउन सरकार अग्रसर रहेको बताएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज यहाँ आयोजना गरेको ‘सरकारप्रतिको जनविश्वास : केही विवेचना’ विषयक कार्यक्रममा उनले नेपाललाई कम भ्रष्टाचार हुने देशका रुपमा स्थापित गराउन सरकार लागि परेको जानकारी गराए ।

‘दण्ड र पुरस्कारलाई साथ साथ नलगे समाज अनुशासित हुँदैन, सरकारलाई पारदर्शी र जबाफदेही बनाउन सबैले आफ्ना स्थानबाट घच्घच्याउनुपर्छ, स्थानीय र प्रदेश सरकारलाई पनि जबाफदेही बनाउन लाग्ने दायित्व नागरिक समाजको हो’, उनले भने । स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेको सरकारले प्रदेश र केन्द्रीय निर्वाचन पनि संविधानले तोकेकै समयमा सम्पन्न गर्ने मन्त्री कार्कीको प्रतिबद्धता थियो । अर्थतन्त्रमा चुनौती आए पनि सङ्कट भने नरहेको सरकारका प्रवक्ता रहेका उनले सुनाए ।

काठमाडौँ महानगरपालिकाका पूर्वउपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले छोराछोरी पढाउन र स्वास्थ्य सुविधामा भएको महँगीका कारण भ्रष्टाचार बढेकाले दुवैले सरकारले व्यवस्थित गर्नुपर्ने भनाइ राखे ।

त्यसको सुरुवात आफूले उपप्रमुख भएका बेला महानगरपालिकाबाट सुरु गरेको उनले जानकारी गराए ।

पूर्व मुख्यसचिव डा बिमल कोइरालाले संसारभर निर्वाचित सरकार अधिनायकवादतर्फ अग्रसर भएको उल्लेख गर्दै यसले सरकारप्रतिको विश्वसनीयतामा कमी आएको बताए । विधिको असमान प्रयोगले जनतामा निराशा बढेको उनको विचार थियो ।

कार्यक्रममा पूर्व सचिव भरत थापा, पूर्वनायब महालेखापरीक्षक रामबाबु नेपाल, पूर्व कर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्ण प्रसाईँ, टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठलगायतले सरकारप्रतिको विश्वसनीयता कम हुँदै गएकाले यसप्रति बेलैमा ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस