२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपदमा परी मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

अ+ अ-

जनकपुर । मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपद्का घटनामा १८२ पुरुष, १०८ महिला र १४३ बालबालिकाको ज्यान गएको हो ।

सो अवधिमा भएका विपद्का घटनामा परेर २१० महिला, १३७ पुरुष र ६१ बालबालिका घाइते भएका थिए ।

यस्तै एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

सो अवधिमा मधेसका जिल्लामा भएका ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिकाको मृत्यु भएको छ भने सात हजार ९४५ जना घाइते भएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई लाख २९ हजार ८७८ चालकमाथि कारबाही गरिएको कार्कीले जानकारी दिए । यस क्रममा रु २० करोड २७ लाख राजश्व सङ्कलन भएको छ ।

यस्तै सो अवधिमा विभिन्न जिल्लाबाट अवैध हतियारसहित ५७ भारतीय र ४० नेपाली नागरिक पक्राउ परेका थिए । उनीहरुबाट १५ थान हतियार बरामद भएको प्रवक्ता कार्कीले बताए । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एक हजार ३६७ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय लागुऔषध कारोबारीलाई निरुत्साहित गर्न प्रहरीले सो अवधिमा मधेसका विभिन्न जिल्लाबाट गाँजा तीन हजार १३१ किलो, ब्राउन सुगर १६४ ग्राम, चरेस ५१ किलो, हिरोइन ९५ ग्राम र डाइलेक्सी डिसी २१३ लिटर लागुऔषधसहित एक हजार १२० पुरुष र २१ महिलालाई पक्राउ गरेको छ ।

सोही अवधिमा प्रदेशका विभिन्न जिल्लाबाट रु ४० करोड १४ लाख २६ हजार बराबरको अवैध समानसहित १९५ जनालाई पक्राउ गरिएको प्रवक्ता कार्कीले बताए ।

नदीजन्य पदार्थ उत्खनन गर्न प्रयोग गरिएका २७३ सवारीसाधनसहित ५६ जना र अवैध काठ तस्करीमा प्रयोग गरिएका ३६ सवारीसाधनसहित ३१ जनालाई प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीमाथि कारबाही

प्रहरी अनुशासनविपरीत कार्य गर्ने २३७ प्रहरीलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले कारबाही गरेको छ ।

प्रदेशका विभिन्न जिल्लामा खटिएकामध्ये अनुशासनहीन कार्य गर्ने ती प्रहरीलाई कारबाही गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । सो अवधिमा उत्कृष्ट काम गर्ने एक हजार ४० प्रहरीलाई पुरस्कृतसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस