३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेसको निष्कर्ष : एक्लै चुनाव लडेका ठाउँमा पनि कमजोर देखिएनौँ (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिद्वारा आज (बिहीबार) सार्वजनिक गरिएको प्रतिवेदनमा काँग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको उल्लेख छ ।

गठबन्धनका कारण १२१ सिटमा मेयर/अध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित ३२९ ठाउँमा जित निकालेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै २१९ ठाउँमा उपमेयर/उपाध्यक्ष छाडेर ५३४ ठाउँमा मात्रै उम्मेदवारी दिँदा १९० उपाध्यक्ष र ११० उपमेयर गरी ३०० पद जितेको छ । जुन उम्मेदवारी दिएको जम्मा ठाउँको ५६ प्रतिशत हो ।

प्रतिवेदनमा गठबन्धनका आधारमा मेयर अध्यक्ष लडेका २०९ मध्ये १२८ स्थानमा जित निस्किएको जनाइएको छ । जुन ६१ प्रतिशत हो ।

यस्तै उपमेयर/उपाध्यक्ष पदमा गठबन्धनको सहायतामा लडेको ११५ सिटमध्ये ८५ स्थानमा जितेको काँग्रेसले जनाएको छ । जुन ७४ प्रतिशत हुन आउँछ ।

यस्तै गठबन्धनबिना मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका ४२३ तहमध्ये २०१ मा जितेको प्रतिवेदनमा उल्लेख छ ।

जुन ४८ प्रतिशत हुन आउँछ । यस्तै उपमेयर/उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ४१९ तहमध्ये ५२ प्रतिशतमा जित निस्किएको जनाइएको छ । संख्यामा २१५ सिट हो ।

‘यो आँकडाले काँग्रेस गठबन्धनबिना एक्लै निर्वाचनमा जाँदा पनि कमजोर देखिएको छैन,’ प्रतिवेदनमा भनिएको छ,‘तर गठबन्धन गरेर जाँदा अझ बढी सफलता प्राप्त गर्न सम्भव भएको निर्वाचन परिणामले देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस