प्रदेश विनियोजन विधेयक प्रस्ताव पारित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश विनियोजन विधेयक प्रस्ताव पारित


१२ असार २०७९, आइतबार


विराटनगर । प्रदेश विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम (५) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।

मन्त्री आङ्बोले एक वर्षभरिको राजस्वलाई व्यवस्थित गर्न यो विधेयकले मद्दत गर्ने बताए । विधेयक माथिको छलफलमा उठेका प्रश्नको जवाफमा उनले राजस्व दर बढाउने र प्राकृतिक स्रोतलाई उच्च उपयोग गर्न विधेयक फलदायी बन्ने बताए ।

उनले शहीद परिवारलाई राजिष्ट्रेशन शुल्कमा सहुलियत दिने कुरा विगतका वर्षदेखि चल्दै आएको जानकारी दिँदै सर्वसाधारणले प्रयोग गर्ने सवारी साधनमा राजिष्ट्रेशनमा सहुलियत दिइने बताए ।

उनले सवारी र घर जग्गाको करमा केही फेरबदल भएको जनाउँदै पर्यावरण पर्यटन र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको पर्यटकीयस्थलमा कर लगाइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस