काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै राष्ट्र बैङ्कका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ४७ पैसा र बिक्री दर १२५ रुपैयाँ ०७ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ०४ पैसा र बिक्री दर १३१ रुपैयाँ ६९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३४ पैसा र बिक्री दर १५३ रुपैयाँ ०७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०८ पैसा र बिक्री दर ३४ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

