उच्च अदालत सुर्खेतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्योट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उच्च अदालत सुर्खेतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्छ्योट


६ असार २०७९, सोमबार


सुर्खेत । उच्च अदालत सुर्खेतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६७५ मुद्दाको फर्छ्योट गरेको हो । असार मसान्तसम्म ५६१ मुद्दा फर्छ्योट गर्ने लक्ष्य रहेकोमा जेठ महिनाभित्रै सोभन्दा ११४ थान बढी मुद्दा छिनोफानो गरिएको अदालतले जनाएको छ ।

गत वर्ष फर्छ्योट हुन बाँकी रहेका २६५ थान र चालु आर्थिक वर्षमा दर्ता भएको ६४१ थान गरी जम्मा १००६ थान मुद्दा संख्या रहेको थियो ।

अब उच्च अदालतमा २ वर्ष नाघेका कुनै मुद्दा बाँकी छैनन् । फर्छ्योट हुन बाँकी १६ थान मुद्दामध्ये अधिकांश पछिल्लो ६ महिनामा दर्ता भएका छन् ।

अदालतमा ६ महिनाभित्रका २२५ थान, ६ महिना नाघेका ९०, एक वर्ष नाघेका ६ थान र डेढ वर्ष नाघेका १० थान गरी ३३१ थान मुद्दा विचाराधीन छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस