३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहमता नलिन जनप्रतिनिधिलाई नेता सिंहको आग्रह

अ+ अ-

बनेपा । नेपाली काँग्रेसको नेता एवं पूर्व महामन्त्री प्रकाशमान सिंहले निर्वाचित जनप्रतिनिधिलाई जितेपछि मै हुँ भन्ने अहंमता नलिन आग्रह गरेका छन् ।

नेपाली काँग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित काँग्रेसका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टीले कामका आधारमा जनप्रतिनिधिको उचित मूल्याङ्कन गर्ने बताए ।

जनताले काम गर्न दिएको मौकालाई उचित उपयोग गरेर देखाउन आग्रह गर्दै नेता सिंहले पार्टीले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न जोड दिए । उनले अबको स्थानीय सरकारले उत्पादन र रोजगारी सिर्जना गरेर नागरिकलाई वडा स्तरमा नै काम गर्ने वातावरण तयार गर्दै उत्पादित वस्तुलाई बिक्रीका लागि बिक्री केन्द्र स्थापना गर्ने योजना अगाडि सार्न समेत आग्रह गरे ।

उनले आगामी निर्वाचनमा पनि यही तरिकाले अगाडि बढ्ने भएकाले निर्वाचित जनप्रतिनिधिले सचेत भएर आफ्नो जिम्मेवारी र भूमिकालाई प्रभावकारी बनाउने काममा लाग्न निर्देशनसमेत दिए । ‘अब सङ्घीयतालाई बलियो बनाउनका लागि सबै प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरेर संविधानबाट प्राप्त अधिकारलाई उपयोग गर्ने वातावरण तयार गर्न आवश्यक छ’, उनले भने, ‘काँग्रेस पार्टी सधैँ राष्ट्र र जनताको हितमा काम गर्ने पार्टी भएकाले कसैको हल्ला र लहडको पछि लागेर हिँड्ने छैन ।’

काँग्रेसका केन्द्रीय सदस्य गणेश लामाले निर्वाचनमा पार्टीको नेतृत्वले धेरै सुझबुझका साथ गठबन्धन बनाएर अगाडि बढेकै कारण पार्टीले अहिलेको उपलब्धि हासिल गर्न सकेको बताउँदै त्यसलाई टिकाउन जरुरी रहेको बताए ।

बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे र जिल्ला सभापति तीर्थ लामाले निर्वाचनमा व्यक्ति लडेको नभई पार्टी लडेका कारण त्यसमा निर्वाचित कसैले अहंमता नदेखाई पार्टीले जारी गरेको प्रतिबद्धतापत्रअनुसार काम गर्न आग्रह गरेका छन् । आगामी पाँच वर्षभित्रमा परिवर्तन भएको महसुस हुने गरी काम गर्नसमेत उनीहरूले जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

नेपाली काँग्रेसबाट बनेपा नगरपालिका प्रमुखमा निर्वाचित नगरप्रमुख शान्तिरत्न शाक्यले प्रतिबद्धताअनुसार नै काम अगाडि बढाइरहेको बताए । रातिको समयमा सडकमा हिँड्दा झिलीमिली बत्ती बाल्ने काम, पुण्य माता खोला खोल्ने काम र काभ्रे एकीकृत खानेपानीलाई छिट्टै वितरण गर्ने चरणमा आफू नेतृत्वको नगरपालिका लागिरहेको उनले बताए ।

सो क्रममा नेपाली काँग्रेस बनेपा नगर समितिले सो अवसरमा २०७४ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा २०७९ को स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस