राष्ट्रवादी भएर नेपालको विकास कहिल्यै हुन सकेन : नेतृ कोइराला « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

राष्ट्रवादी भएर नेपालको विकास कहिल्यै हुन सकेन : नेतृ कोइराला


३ असार २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताएकी छन् । 

आज (शुक्रबार) अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरूलाई गाली गरेर र जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताइन् ।

नेपालमा भारत र अमेरिकाको कुरा आउन बित्तिकै विवाद सुरु गरिहाल्ने प्रवृत्ति राम्रो नभएको उनको भनाइ छ ।

उनले समितिमा लामो समयसम्म देशको प्रधानसेनापतिजस्तो व्यक्तिलाई राख्नु लज्जास्पद भएको पनि बताए ।

‘यहाँ यत्रोबेर देशको सेनापतिलाई राख्नु भनेको लज्जास्पद कुरा हो । अन्तर्राष्ट्रिय जगतले पनि यसलाई राम्रो हेर्दैन । अरूलाई मात्र भनेर गाली गरेर, जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन सकेन । चीनले विकास गरेमा एक थरिले मन नपराउने, भारतले गरेमा अर्को थरिले । अमेरिकाले केही सहयोग गरेमा त्यो बिगार्न खोज्छन् । यसरी नेपाल कहिल्यै अघि बढ्दैन र नेपाल जहिल्यै साँघुरो भएर बस्छ,’ उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस