एमालेको बहिष्कारकाबीच बैठकबाट विनियोजन विधेयक पारित « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

एमालेको बहिष्कारकाबीच बैठकबाट विनियोजन विधेयक पारित


२ असार २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) का सांसदहरूको बहिष्कारकाबीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ

आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेस गर्दा एमाले सांसदहरूले सदन बहिष्कार गरेका थिए ।

त्यस लगतै प्रस्ताव पेस गर्दै अर्थमन्त्री शर्माले दुई पटक संसद्को विघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए ।

बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस