२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाबाट असजिलो हुने भन्दै पुरुष कर्मचारीलाई नै व्यवस्था गर्न प्रशासकीय अधिकृतलाई वडाध्यक्षको पत्र

अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन कुमार पुरीले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भन्दै पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गर्न प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेका छन् ।

वडाध्यक्ष पुरीले मंगलबार हलेसी तुवाचुङका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै कामको चाप बढी हुने र जनप्रतिनिधि नयाँ भएको कारणले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भएको भन्दै पुरुष कर्मचारी पठाउन लेखेका छन् ।

यो वडा भौगोलिक तथा जनसङ्ख्याको हिसाबले ठुलो वडा रहेको साथै यस वडाको साबिक ८ र ९ लाई लक्षित गरी हप्ताको एक दिन नवलपुरबाट सेवा प्रवाह गर्ने र पञ्जीकरण, सामाजिक सुरक्षा भत्ता अनलाइन प्रणालीबाट प्रवाह भइरहेको भइरहेकोले, कामको चाप बढी हुने जनप्रतिनिधिहरू नयाँ भएको कारणले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भएको कारणले यस वडामा पुरुष कर्मचारी नै वडा सचिव व्यवस्था गरी दिन हुन यस वडाको मिति २०७९ जेठ ३० गतेको वडा समिति बैठकको निर्णयानुशार अनुरोध छ पत्रमा भनिएको छ ।

महिला कर्मचारीको क्षमतामाथि नै प्रश्न उठ्ने गरी किन पुरुष कर्मचारी नै माग्नु भएको हो भन्ने प्रशासनको प्रश्नमा वडाध्यक्ष पुरीले महिला कर्मचारीसँग सानो बच्चा भएको र बाटो अफ्ठेरो भएकोले असहज हुन्छ कि भनेर भनेको बताएका छन् । ‘नौलोपुरमा हामीले हप्ताको एकचोटी सेवा सुविधा दिने कुरा थियो’ उनले भने, ‘उहाँसँग सानो बच्चा भएको र बाटो अफ्ठेरो भएकोले अलि असहज हो कि भन्ने कुरा गरेको हजुर’

तर पत्रमा भने महिला कर्मचारीको समस्याबारे केही उल्लेख गरिएको छैन । जसले गर्दा महिला कर्मचारीको कार्यक्षमतामाथि नै जनप्रतिनिधिबाट प्रश्न उठेको हो कि भन्दै प्रश्न उठेको छ । 

प्रतिक्रिया दिनुहोस