अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि


१ असार २०७९, बुधबार


क्यानबेरा । अस्ट्रेलियामा कार्यरत कामदारहरुको न्यूनतम पारिश्रमिक ५.२ प्रतिशतले वृद्धि गरिएको छ ।

विभिन्न उपभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्यूनतम पारिश्रमिक वृद्धि गरिएको हो ।

स्वतन्त्र कार्य आयोग (एफडब्लुसी)ले बुधबार घोषणा गरेको न्यूनतम पारिश्रमिकअनुसार अस्ट्रेलियामा कार्यरत मजदुरहरूको अबको न्यूनतम पारिश्रमिक २१.३८ अस्ट्रेलियन डलर हुने भएको छ । यसअघि न्यूनतम पारिश्रमिक २०.३३ अस्ट्रेलियन डलर थियो ।

हरेक मजदुरले हप्तामा ४० अस्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अस्ट्रेलियाका झन्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ । केन्द्रीय सरकार र प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए ।

तर विभिन्न कर्मचारी सङ्गठनहरुले भने कम्तीमा ५.५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुवैको मागको बिचमा रहेर ५.२ प्रतिशत वृद्धि गर्ने निर्णय आयोगले गरेको छ ।

आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्यून भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन आग्रह दबाब दिने गरेको बताए ।

उनले भने, ‘विशेष गरेर तल्लो तहका कर्मचारीहरुले तलब धेरै पढाउन पटक पटक दबाब दिँदै आएका थिए ।’

Tags :
प्रतिक्रिया दिनुहोस