घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्ने सिफारिस अनुमोदन गरेको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको हो ।

भुसालको अभिव्यक्ति कारबाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो । १८ जेठमा अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेका थिए । आयोगको पूर्ण बैठकले भने भुसाललाई कारबाही गर्न गरिएको सिफारिस अनुमोदन गरेको छ ।

यसअघि आइतबार एमालेको केन्द्रीय कार्यालय समिति र सोमबारको सचिवालय समितिको बैठकमा आयोगको सिफारिस एजेन्डा बनेको थिएन ।  

Tags :
प्रतिक्रिया दिनुहोस