यो सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्ध थप विस्तारः परराष्ट्र मन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यो सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्ध थप विस्तारः परराष्ट्र मन्त्री


३१ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का वर्तमान सरकार बनेपछि अन्तराष्ट्रिय सम्बन्धमा थप विस्तार भएको दाबी गरेका छन् ।

बजेट माथि उठेका प्रश्नको प्रतिनिधि सभामा जवाफ दिने क्रममा सरकार बनेसँगै अन्तराष्ट्रिय सम्बन्धलाई थप विस्तार र सुदृढ गर्ने कार्य गरिएको उनले दाबी गरे ।

सरकारले देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेको खड्काले बताए । ‘विश्वका सबै मित्र राष्ट्रहरुसँगको सम्बन्ध थप प्रगाढ बनाउने कार्य भएको छ ।’

खड्काले भने,‘आपसी हितका क्षेत्रमा थप विस्तार, सहकार्य र अन्तर आवद्धतालाई बढवा दिएका छौँ ।’

सरकारले स्वतन्त्र परराष्ट्र नीति अबलम्बन गरेको उनले सदनलाई जानकारी गराए । राष्ट्रिय हित र अन्तराष्ट्रिय सिद्धान्तको मूलभुत आधारलाई अंगिकार गर्दै पारस्परिकतामा आधारित सन्तुलित परराष्ट्र नीति लिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस