तोलामा ३०० रुपैयाँले घट्यो सुन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तोलामा ३०० रुपैयाँले घट्यो सुन


३० जेष्ठ २०७९, सोमबार


काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाली बजारमा हिजो (आइतबार)को तुलनामा सोमबार तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस