२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा सत्तापक्षका सांसदलाई प्रतिपक्षी सांसदको आग्रह

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद भानुभक्त ढकालले प्रतिपक्षले सदनमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रीले जवाफ दिने परम्परा रहेकाले सत्तापक्षका सांसदलाई जवाफ दिने भूमिका प्रदर्शन नगर्न आग्रह गरेका छन् ।

विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सम्बन्धित मन्त्रीहरुले कार्यसूचीबमोजिम नै जवाफ दिने भएकाले सत्तापक्षका सांसदले जवाफ दिइरहन नपर्ने बताए ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालले आफ्नो पालामा कोभिड–१९ विरुद्धको खोप हराएको भन्ने वर्तमान स्वास्थ्यमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको जवाफ माग गरे ।

उनले स्वास्थ्य क्षेत्रका कतिपय कार्यक्रम योजनाका आधारमा नभई सत्तापक्षका कार्यकर्तालाई लाभ दिने ढङ्गले ल्याइएको आरोप लगाए ।

सांसद अमनलाल मोदीले मन्त्रीहरुले आफ्ना जिल्ला र क्षेत्रमा बढी बजेट पारेर विकासको समानुपातिक ढाँचा अवलम्बन नगरेको टिप्पणी गरे ।

उनले पूर्वको महत्त्वपूर्ण विराटनगर सहरलाई व्यवस्थित र सुन्दर बनाउन सरकारले बजेट विनियोजन नगरेकामा गुनासो व्यक्त गरे।

सांसदहरुले योजना माग गरिएर पनि बजेटमा समावेश नगरिएको र दीर्घकालीनरुपमा सकारात्मक प्रभाव पार्ने कार्यक्रममा ध्यान नदिइएको सांसदहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस