२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक भासिएको स्थानबाट कार खसेको देखियो, उद्धारकर्ता परिचालित

अ+ अ-

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको छ ।

सडकबाट तल मर्स्याङ्दी नदीको खोँचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।

प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कति जना थिए र कोको थिए भन्ने खुलेको छैन । तनहुँ प्रहरी प्रमुख रेग्मीले त्यसबारे बुझिरहेको बताए ।

सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ । साथै सवारी साधनलाई पोखरा र मुग्लिनमै सवारी साधनलाई रोकिएको छ । तनहुँ प्रहरी प्रमुख रेग्मीले बाटो खुलाउन पहल गरिरहेको पनि बताए ।

तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार त्यहाँ बेलिब्रिज नबनाएसम्म सवारी साधन चल्ने सम्भावना देखिएको छैन ।

यसैबीच डुम्रे–बेशीशहर सडकखण्ड अन्तर्गत तनहुँकै भानु नगरपालिका ३ कुरकुना र वडा नम्बर १ को रमाइलो डाँडामा पनि राति पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ । मध्यरातिबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रा कष्टकर बनेको छ ।

सम्बन्धित समाचार : पृथ्वी राजमार्गमा सडक भासिँदा यातायात अवरुद्ध

प्रतिक्रिया दिनुहोस