२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुटा विवरण उल्लेख गरी जर्नल प्रकाशित, परिषदमा उजुरी

अ+ अ-

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिताविपरीत स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन अनुसन्धान भएको पाइएको छ ।

स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धानका लेख रचना प्रकाशित गर्दा परिषद्को आचारसंहिताविपरीत गरेको जनाउँदै १० भन्दा बढीमा उजुरी परेको छ ।

परिषद्को आचारसंहिता अनुगमन तथा मूल्याङ्कन शाखाका प्रमुख नमिता घिमिरेले परिषद्को आचारसंहिता उल्लङ्घन गरेर विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित गरेको बताए । उनका अनुसार उजुरी परेकामध्ये धेरैजसो झुटा विवरण राखेर लेख प्रकाशित भएका छन् ।

हुँदै नभएको परीक्षण प्रयोगशालामा छ, भनेर, अभिभावकको अनुमतिबिना बालबालिकाको परीक्षण, एउटा उद्देश्यका लागि भनेर अनुमति लिए पनि अर्कै विषयमा अनुसन्धान गर्नेजस्ता अनुसन्धानकर्ताले झुटो विवरण प्रकाशित गर्ने गरेको पाइएको उनको भनाइ छ ।

परिषद्लाई प्राप्त भएका ती उजुरीमाथि छानबिन भइरहेको उनले जानकारी दिइन् । घिमिरेले आचारसंहिता उल्लङ्घन गरी अनुसन्धानात्मक लेख प्रकाशित गर्ने अनुसन्धानकर्तालाई परिषद् ऐनअनुसार अनुसन्धानमा रोक लगाउन सकिने व्यवस्था रहेको जानकारी दिइन् ।

परिषद्को ऐन २०७४ को दफा १० मा स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्न स्वीकृत लिनुपर्ने र दफा १२ को ९२०मा स्वीकृत नलिई अनुसन्धान कार्य गरेमा वा स्वीकृत लिई अनुसन्धान कार्य गर्दा तोकिए बमोजिमका सर्त वा परिषद्ले सचेत गराउन वा निश्चित अवधि तोकी त्यस्तो अनुसन्धानको काम गर्न नपाउने गरी रोक लगाउन सक्ने उल्लेख गरिएको छ ।

परिषद्सँग स्वीकृत लिएर वार्षिक ८०० भन्दा बढी स्वास्थ्य क्षेत्रमा अनुसन्धान हुने गरेको पाइएको छ । परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले स्वास्थ्यसँग सम्बन्धित अध्ययन, अनुसन्धान परिषद्को आचारसंहितामा बाँधिएर गर्नुपर्ने बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तिले नेपालमा अनुसन्धान गर्न चाहँदा परिषद्को स्वीकृत स्वीकृत लिनुपर्दछ र सर्त राखेर मात्र अध्ययन गर्न दिने बताए ।

‘परिषद्को स्वीकृतमा वैज्ञानिक आधारमा स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन गर्नुपर्दछ’ ज्ञवालीले भने, ‘अध्ययन गर्दा आचारसहिंताविपरीत मानवीय असर पर्ने खालको गर्नुहुँदैन ।’ उनले कुनै पनि संस्थाले स्वास्थ्यमा अनुसन्धान गर्दा नियम पालना नगरे निश्चित समयसम्म अनुसन्धानमा रोक लगाउन सक्ने बताए ।

‘अनुसन्धानकर्ताले स्वीकृत अनुसार काम नगरे, आचारसंहिताको गम्भीर उल्लङ्घन भयो, गम्भीर मानवीय असर गर्‍यो, स्वीकृतबिना नै काम गरेमा कारबाही गर्छौँ’ उनले भने, ‘कुनै व्यक्तिले ढाँटेर जर्नल प्रकाशित गर्न पाउँदैन ।’

परिषद्का सदस्यसचिव समेत रहेका डा. ज्ञवालीले अहिले अनुसन्धानको लागि नाम जर्नलमा प्रकाशित गरेर वैज्ञानिक बन्ने चलन बढेकोले त्यसलाई रोक्ने बताए । उनले अनुसन्धानकर्ताले गुणस्तरीय अनुसन्धान गर्नका लागि शैक्षिक योग्यता पनि सोहीअनुसार हुनुपर्ने बताए । ‘शिक्षासँग तालिम र अनुभव नभएको व्यक्ति अनुसन्धानकर्ता हुन सक्दैन,’ उनले भने ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रको चासोका विषयमा अध्ययन गर्दा राष्ट्रिय स्वास्थ्यका सम्बन्धमा कतिको फाइदा भयो वा हुन्छ, त्यसबारे पनि हेर्ने गरेको उनी बताउँछन् । स्वास्थ्य नीतिमा रहेर स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्ने उनको भनाइ रहेको छ ।

यस्तै परिषद्ले आचारसंहिताको पालना गरे नगरेकोबारे अनुगमन गर्न ‘आचारसंहिता पुनरावलोकन समिति’समेत गठन गरेको छ । समितिलाई कुनै पनि अनुसन्धान गर्न योग्य छ वा छैन, परिषद्को मान्यताअनुसार आचारसंहिता पालना गरे वा नगरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पालना गरे वा नगरेको तथा अनुसन्धानले स्वास्थ्यलाई हानी हुन्छ कि हुँदैन, स्वीकृत गर्ने/नगर्ने अधिकार रहेको परिषद्को मूल्याङ्कन शाखा प्रमुख घिमिरे बताउँछिन् ।

यस्तै परिषद्ले विभिन्न ५५ संस्थामा ‘संस्थागत आचारसंहिता पुनरावलोकन समिति’ गठन गरेको छ ।

यसैबीच परिषद्ले अनुसन्धानकर्ताको ‘परिचय पत्र’ बनाउने भएको छ । परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवालीले परिचय पत्र बनाउनका लागि छलफल चलिरहेकोले चाँडै नै उपलब्ध गराउने बताए । कम्प्युटरमा खोल्ने बित्तिकै ‘अनुसन्धानकर्ताको परिचय तथा उसका सबै कामबारे जानकारी लिन सकिन्छ’ उनले भने, ‘परिचय पत्रको आधारमा अनुसन्धानकर्ता नक्कली हो वा होइन तथा कुन तहको हो भन्ने कुरा सबै थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस