२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्जको सात क्यासिनोमा छापा, छ जना पक्राउ

अ+ अ-

नेपालगन्ज । प्रहरीले एकैपटक नेपालगन्जका सात क्यासिनोमा छापा मारेको छ ।

क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवेश गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगन्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उनले बताए । उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगन्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ । तर नेपालगन्जका क्यासिनोहरूले निर्वाधरूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।

यसैबीच प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइली भन्ने शिवकुमार वढईलाई जमुनाह नाकाबाट पक्राउ गरेको छ । उनले नेपालगन्ज–१८ कारकाँदोस्थित पसलमा समान किन्ने बहानामा गएर ७० वर्षीया लीलावती गुप्तालाई कुटपिट गरेको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गुप्ताको मृत्युपछि वढई फरार थिए ।

प्रतिक्रिया दिनुहोस