फर्पिङको जङ्गलमा युवा-युवतीको शव भेटियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फर्पिङको जङ्गलमा युवा-युवतीको शव भेटियो


२३ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको फर्पिङस्थित जङ्गलमा युवा-युवतीको शव भेटिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले घटनाबारे भर्खरै जानकारी आएको बताए ।

२०-२२ वर्षका युवायुवती मृत अवस्थामा भेटिएका छन् भन्ने खबर आएको छ’, एसएसपी कुँवरले भने । घटनास्थलमा एउटा बट्टा पनि भेटिएकाले विष सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

चेक प्वाइन्टबाट एक किलोमिटर माथि ताखेल जाने बाटोको जङ्गलमा शव भेटिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस