२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्रीको निर्देशन

अ+ अ-

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिएका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी उनले घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेण्डेन्ट डा. शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरे ।

बज बिहान साढे ४ बजेको समयमा रोहिणी गाउँपालिका-३ मा पर्ने भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी पुलमा जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ५ जनाको सनाखत भएको छ । प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा(२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरवीन्द्र शर्माको सनाखत भएको छ । बाँकीको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस