१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीको मनोबल बढाउन निजामती कर्मचारी ऐन आउनुपर्ने’

अ+ अ-

विराटनगर । ‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

दुईदिने सो कार्यक्रममा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता थियो । सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र २०७९ जारी गरिएको छ ।

सङ्घीय सरकारले कर्मचारी मनोबल एवं उत्साह बढाउन निजामती कर्मचारी ऐन छिट्टै जारी गर्नुपर्ने, नेपाल निजामती कर्मचारी युनियनले दिएको सुझावअनुरुप सबै सेवा समूहका सम्पूर्ण कर्मचारीको भावनाको कदर गरी प्रदेश निजामती सेवा ऐन जारी गराउन दबावमूलक अभियान सञ्चालन गरिने, सबै सेवा समूहका कर्मचारीलाई सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था गर्न पहल गर्ने, कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पूर्वानुमानयोग्य बनाउन चक्रिय प्रणाली व्यवस्था गर्नुपर्ने, कर्मचारी स्वेच्छिक अवकाश योजना पुनःकार्यान्वयमा ल्याउनुपर्ने, विनाधितो नेपाल सरकारले छुट्टै कोषको व्यवस्था गरी शून्य प्रतिशत ब्याजदरमा ५० लाखसम्मको सहुलियत ऋणको व्यवस्था हुनुपर्ने, कर्मचारीलाई न्यूनतमरुपमा मर्यादित जीवन निर्वाह गर्न पुग्नेगरी तलबभत्ताको व्यवस्था गर्नुपर्ने तथा तलब भत्ता स्वचालित रुपमा वृद्धि हुने प्रणाली ऐनमा नै उल्लेख हुनुपर्ने जस्ता बुँदा घोषणापत्रमा उल्लेख छन् ।

सो अवसरमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले निजामती कर्मचारी ऐन नआएका कारण प्रदेश र स्थानीय तहले धेरै समस्या खेप्नुपरेको बताउँदै सरकारले यो ऐन छिट्टै ल्याउनुपर्नेमा जोड दिए ।

उनले निजामती कर्मचारी ऐन नआएमा आगामी भदौ २० गते मनाउने निजामती कर्मचारी दिवस नमनाउने भन्दै कर्मचारीको मनोबल एवं उत्साह बढाउन कर्मचारीको मागमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस