२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङ बजारमा सिसी क्यामरा पुनः जडान गरिँदै

अ+ अ-

बलेवा । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ ।

बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायका संयुक्त सहकार्यमा बजार क्षेत्रमा क्यामरा जडान गर्ने प्रक्रिया अघि बढेको हो ।

बजारको शान्ति सुरक्षालाई मध्यनजर गरी बजारका विभिन्न चोकमा पुनः सिसी क्यामरा जडान गर्ने प्रक्रियाअघि बढेको सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । यसअघि बजारमा जडान भएका २९ सिसी क्यामरा प्रयोगविहीन अवस्थामा छन् ।

आवश्यक मर्मतसम्भारको अभावमा तीन वर्षयता प्रयोगविहीन भएका क्यामरा विस्थापन गरेर नयाँ क्यामरा जडानका लागि नगरपालिकाले रु १५ लाख विनियोजन गरेको छ ।

सङ्घको रु ८ लाख र बाँकी अपुग रकम व्यवसायीसँगबाट सहयोग सङ्कलन गरेर भए पनि बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्ने काम सुरु गरिने अध्यक्ष राजभण्डारीले जानकारी दिए । सिसी क्यामरा जडान र यसका लागि आवश्यक पूर्वाधार तयार गर्नका लागि रु ३० लाख लाग्ने अनुमान छ ।

‘नवनिर्वाचित मेयरले नपुगेको रकम दिने भन्नुभएको छ, हामीले २०० क्यामरासम्म धान्न सक्ने लागत राख्दै छौँ’, उनले भने, ‘नाइट भिजनसमेत दिने क्यामरा जडान गर्नुपर्ने छ, तब मात्रै अपराध र चोरी नियन्त्रणका लागि सहयोगी बन्छ ।’

बजारमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ सङ्घको अध्यक्ष रहेका बेला सिसी क्यामरा जडान गरिएको थियो । बढ्दो सहरीकरणसँगै समाजमा अपराध तथा चोरीका घटना बढ्दै गएको समयमा नगरलाई सुरक्षित बनाउन बजारका विभिन्न चोकमा ८५ क्यामरा जडान गर्ने योजना रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल रुम राखेर निगरानी गरिने छ ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्तरण गर्ने क्रममा बिग्रिएका र निकालिएका क्यामरा पुनः जडान हुन नसक्दा बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो ।

सिसी क्यामराले बजार क्षेत्रमा हुने चोरी र अपराधका घटना अनुसन्धानमा सहयोगी बन्ने प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताए । बजार क्षेत्र विस्तार भइरहेको बागलुङ –४ को उपल्लाचौर र पाखाभरमा समेत मुख्य चोकमा क्यामरा जडान गर्ने योजना छ ।

यसका लागि काम सुरु गर्न सङ्घले यहाँका केबल टिभी व्यवसायीसँग संवाद भइरहेको जनाएको छ । सबै पक्षको सहयोग र समन्वयमा सिसी क्यामरा जडानको काम हुने नगरप्रमुख श्रेष्ठ बताउँछन् ।

बजारलाई सुरक्षित बजार बनाउनका लागि सिसी क्यामरा तत्काल आवश्यक रहेको यहाँका सुनचाँदी व्यवसायी अनिश खातीले बताए ।

प्रतिक्रिया दिनुहोस