२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति स्थापनाका लागि दिवङ्गत भएका तीन नेपालीलाई राष्ट्रसङ्घीय अवार्ड

अ+ अ-

वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ पुर्‍याएको योगदानलाई कदर गर्दै मृत्युपर्यन्त नेपाली शान्ति मिसनका तीन जनालाई ‘ड्याग हयामर्सोल्ड’ स्मृति अवार्डले सम्मान गरेको छ ।

उक्त अवार्ड राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुर्टोसले बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलाई हस्तान्तरण गरे ।

‘पिस किपर्स डे’का अवसरमा बिहीबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित कार्यक्रममा शान्ति स्थापनार्थ गत वर्ष विभिन्न मितिमा वीरगति प्राप्त गरेका नेपाल प्रहरीका उमेशकुमार मेहत्तर (सुडानमा), सैनिक पिताम्बर थापा (युनिफिल लेवनानमा) र सैनिक दीपेन्द्र बस्ती (साउथ सुडानमा) लाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका सैनिक सल्लाहकार जगदीश खड्काले राससलाई दिनुभएको जानकारीअनुसार हालसम्म नेपालका ८२ शान्ति सेनाले सहादत प्राप्त गरिसकेका छन् ।

उनकाअनुसार हाल विभिन्न देशमा पाँच हजार ८०४ नेपाली राष्ट्रसङ्घको शान्ति मिसनमा कार्यरत छन् ।

राष्ट्रसङ्घको सन् २००२ को साधारण सभाले मे २९ लाई राष्ट्रसङ्घीय शान्ति स्थापना अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने विषयलाई अनुमोदन गरेको थियो । विश्वभर शान्ति स्थापनाका लागि जीवन उत्सर्ग गर्ने महानुभावको योगदानको स्मृतिमा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।

राष्ट्रसङ्घको निलो झन्डा मुनि आबद्ध भएर शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षार्थ सन् १९४८ देखि खटिएका चार हजार शान्ति सेनाले आफ्नो ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस