२८ पटकसम्म विवरण सच्याई कर छलीमा संलग्न तीन चिनी व्यापारीविरुद्ध पौने चार करोडको मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२८ पटकसम्म विवरण सच्याई कर छलीमा संलग्न तीन चिनी व्यापारीविरुद्ध पौने चार करोडको मुद्दा


९ जेष्ठ २०७९, सोमबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजस्व अनुसन्धान विभागले कर छलीमा संलग्न तीन व्यवसायीविरुद्ध ३ करोड ७२ लाख ५८ हजार ६२ रुपैयाँ बिगो र जरिवानासहित मुद्दा दायर गरेको छ।

विभागले राज किशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह र भविचन महतो कोइरीविरुद्ध १ करोड ८६ लाख २९ हजार ३१ रुपैयाँ बिगो र १ करोड ८६ लाख २९ हजार ३१ रुपैयाँ जरिवानासहित उच्च अदालत पाटनमा सोमबार(आज) मुद्दा दायर गरेको हो।

महोत्तरी गौशाला नगरपालिका १ र १० का राज किशोर पुष्कर भविचन काठमाडौँको बौद्धमा बस्दै आएका थिए ।

उनीहरूले भारतबाट अवैध रूपमा चिनी ल्याई भीसीटीएस अर्थात् मालवस्तु तथा ढुवानीका साधन अनुगमन प्रणालीमा एक पटक प्रवेश भएको सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई ती वस्तुको ढुवानी गरी काठमाडौँमा बिक्री वितरण गरेको खुलेको छ।

सो क्रममा सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर छली गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ अनुसार कारबाही माग गर्दै मुद्दा चलाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस