३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सचिव बरालको ‘मालामा नउनिएका फूलहरू’को विमोचन

अ+ अ-

काठमाडौँ । पूर्व सचिव डा. खगराज बरालको आत्मपरक निबन्ध ‘मालामा नउनिएको फूलहहरु’ को विमोचन भएको छ ।

निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाउने बरालको सो कृति शनिवार विमोचित भएको हो ।

शिखा बुक्स प्रालिले बजारमा ल्याएको यो पुस्तकको विमोचन प्रा. डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाखर पराजुली, पूर्व सचिव किशोर थापा, नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेल र लेखक डा. बरालले संयुक्त रूपमा गरेका थिए ।

प्रा. डा. आचार्यले डा. बरालका निबन्धहरू विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पढ्नु सान्दर्भिक देखिएका भन्दै यस पुस्तकका निबन्धहरू हरेक व्यक्तिका लागि पठनीय र लाभप्रद भएको उल्लेख गरे ।

कार्यक्रममा डा. पराजुलीले यो पुस्तक एक पटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन् नवीन सिकाइ थपिँदै जान्छ भने। पूर्व सचिव थापाले सरल भाषामा जीवनका भोगाइलाई डा. बरालले यस पूर्वका पुस्तकमा व्यक्त गरेको सन्दर्भ उल्लेख गरे ।

कुल ३२४ पृष्ठको यो पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस