द्वन्द्वका कारण विश्वभरी १० करोड विस्थापित : राष्ट्रसङ्घ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

द्वन्द्वका कारण विश्वभरी १० करोड विस्थापित : राष्ट्रसङ्घ


९ जेष्ठ २०७९, सोमबार


जेनेभा । द्वन्द्वका कारण विश्वभरी कम्तीमा दश करोड मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले सोमबार सार्वजनिक गरेको विवरणमा जबरजस्ती यति धेरै मानिस विस्थापित भएको यो दुर्लभ घटना भएको उल्लेख गरिएको छ ।

विस्थापित भएकाहरुहरु माथि मानवअधिकारको उलङ्घन, हिंसात्मक घटना र द्वन्द्वको असर परेको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।

विस्थापित मध्ये सबैभन्दा धेरै युक्रेनमाथि रुसले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण विस्थापित भएका छन् ।

त्यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका छन्।

युक्रेनले आफ्नो भूभाग त्यागेर रुससँग कुनै युद्ध विराम सम्झौता नगर्ने जनाएको छ ।

राष्ट्रपतिका एक जना सल्लाहकारले युक्रेनको भूभाग छोड्नु पर्ने गरी युद्ध विराम गर्ने प्रयासले अझ ठुलो र रक्तपातपूर्ण हुने चेतावनी दिनु भएको हो ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सीले कूटनीतिबाट मात्र अहिलेको युद्ध सुल्झाउन सकिने अभिव्यक्ति दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस