१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा दलित र गैर दलितका छुट्टाछुट्टै धारा

अ+ अ-

डोटी । सुन्दा पनि अचम्म लाग्न सक्छ पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन् ।

यहाँका गाउँमा वर्षौँ पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका छन् ।

उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन् । तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन् ।

दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ । कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट (गैर दलित नछुने गरी) भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको स्थानीय दलित बताउँछन् ।

दलित र गैर दलितको खाने पानीको धारा फरक फरक रहँदा लज्जास्पद कुरा रहेको दलित अगुवाको भनाइ छ ।

नेपालको कानुन र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि यहाँका विकट गाउँमा उक्त कानुन व्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठुलो जातका आधारमा विभिन्न किसिमका विभेद हुँदै आएको स्थानीयवासी जोगी विष्टले बताए ।

जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठुलो समुदाय राज्यका विकास निर्माणका काममासमेत सहभागी हुन नपाएको सम विकास केन्द्रका अध्यक्ष अधिराज बिसीले बताए ।

राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठुला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको विसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस