सुडानमा चरम खाद्य सङ्कट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुडानमा चरम खाद्य सङ्कट


९ जेष्ठ २०७९, सोमबार


खार्तोम । सुडानका नागरिकले चरम खाद्य सङ्कट भोग्नुपरिरहेको बताइएको छ ।

यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठुलो खाद्य सङ्कट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् ।

यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्याङ्कमा सुडानका करिब १ करोड ८० नागरिकले खाद्य सङ्कटको समस्या भोग्नुपरिरहेको छ ।

सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार यहाँको ४ करोड ५ लाख जनसंख्यामध्ये १ करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ ।

यहाँ खाद्यान्नको सङ्कट हुनुमा रुस र युक्रेनका बीचको द्वन्द्व पनि रहेको छ । साथै यहाँका नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था पनि जोडिएको छ ।

त्यसै गरी कृषि उत्पादनमा हुन पुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन् ।

युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि सङ्कट आइपरेको अधिकारीहरुको भनाई रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस