एक सहसचिवको सरुवा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक सहसचिवको सरुवा 


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । नेपाल सरकारका एक सहसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको हो । 

उनलाई मन्त्रालयको रिक्त योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुखमा सरुवा गरिएको मन्त्रालय स्रोतले बताएको छ । 

तत्कालीन महाशाखा प्रमुख विष्णु दत्त गौतमले अनिवार्य अवकाश लिएसँगै रिक्त रहेको महाशाखामा तामाङलाई ल्याइएको हो । 

स्थानीयको अनुभवसमेत रहेका तामाङ पर्यटन विभागको महानिर्देशकबाट केही महिना अघि बागमती प्रदेश मन्त्रालयमा सरुवा भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस