२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिबिआईले लालु यादवका अनियमितताको खोजबिन थाल्यो

अ+ अ-

पटना । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसादविरुद्ध ‘रोजगारीका लागि जग्गा’ घोटालाका सम्बन्धमा नयाँ मुद्दा दर्ता गरेको छ । शुक्रबार बिहान बिहारका पूर्व मुख्यमन्त्री, छोरी मिसा भारती र उनीसँग सम्बन्धित १७ स्थानमा खोजी थालेको छ ।

खोजबिनबारे सिबिआई टोलीले टिप्पणी गर्न अस्वीकार गरे पनि यस मामिलामा जानकारहरूले पटना र गोपालगञ्जका विभिन्न स्थानहरूमा खोजी भइरहेको र त्यो लालुप्रसादले सन् २००४ र २००९ रेलमन्त्री रहेका बेला रोजगारीका लागि जग्गामा गरेका अनियमिततासँग सम्बन्धित रहेको बताएका छन् ।

शुक्रबार बिहान ७ बजेदेखि खोजी सुरु भएको र सिबिआईको टोली राबडीदेवीको निवासमा पुग्दा लालुकी पत्नी राबडी देवी, उनका विधायक छोरा तेजप्रताप र छोरी मिसा भारती उपस्थित थिए ।

टोलीले गोपालगञ्जस्थित लालुप्रसादको जन्म गाउँ फुलवारियामा पनि खोजी गरेको थियो । लालुका कान्छा छोरा तथा विपक्षी दलका नेता तेजस्वी यादव हाल लन्डनमा छन् ।

सिबिआईले खोजीबिन थालेको खबर फैलिएपछि ठुलो सङ्ख्यामा जनता दलका समर्थकहरू राबडीको निवास बाहिर भेला भएर भाजपा र केन्द्रीय अनुसन्धान ब्युरोविरुद्ध नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस