२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जानकीको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस

अ+ अ-

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा ९एमाले०का हिमान्सु यादवलाई पछि पार्दै छ हजार ६५३ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत वासुदेव शर्माले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी यादवले चार हजार ७९५ मत पाउँदा जसपाका राजीवकुमार कुर्मीले दुई हजार ९३८ मत पाएका थिए ।

उपाध्यक्षमा नेपाली काँग्रेसका रामप्यारी यादवले एमालेका भूमिसरा धिताललाई पछि पार्दै छ हजार ९०९ मत ल्याएर निर्वाचित भइन् । धितालले तीन हजार ४५६ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का रक्षाराम कुर्मीले दुई हजार २२९ मत ल्याएका थिए ।

छ वडा रहेको सो गाउँपालिकामा काँग्रेसले तीन, जसपाले दुई र माओवादी केन्द्रले एक वडामा जितेको थियो । कूल २२ हजार ८२९ मतदाता रहेको उक्त गाउँपालिकामा १८ हजार ५४३ मत खसेको थियो । खसेका मतमध्ये ७०५ बदर भएको थियो ।

अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकासहित चार पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै तीन पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस